शुभारम्भ अनलाइन टि.भी.

विषालु सर्पको टोकाईबाट छोरीको ज्यान गयोः आमा आइसीयुमा भर्ना

6
SHARES
45
VIEWS

टीकापुर, २१ भदौ 
विषालु सर्पको टोकाइबाट कञ्चनपुरमा छोरीको ज्यान जानुका साथै आमा गम्भीर अवस्थामा पुगेकीछिन् ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवं डीएसपी चक्रबहादुर शाहका अनुसार विषालु सर्पको टोकाइका कारण बेदकोट नगरपालिका वडा नं.–१० दैजीकी १८ वर्षीया पुष्पा दमाईको सोमबार ज्यान गएको हो ।
डीएसपी शाहका अनुसार घरमै सुतेको बेला पुष्पा बेहोश अवस्थामा फेला परेपछि आफन्तले उपचारका लागि अस्पताल लैजाने क्रममा उनको बाटो मै ज्यान गएको थियो ।
पुष्पाको शव महाकाली अस्पताल महेन्द्रनगरमा परीक्षण पछि परिवार जिम्मा लगाइएको छ ।
त्यस्तै दुई दिन अघि मात्र मृतककी आमा ४८ वर्षीया मञ्जुदेवी दमाई लाई समेत विहान सुतिरहेको समय घाँटीमा विषालु सर्पले डसेको थियो ।
स्वास्थ्य अवस्था अत्यन्तै गम्भीर रहेकी मञ्जुको महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरको सघन उपचार कक्ष आइसीयुमा उपचार भइरहेको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित