टीकापुर, १५ भदौ
टीकापुर नगरपालिकाका उपमेयर खड्कबहादुर शाह ‘संघर्ष’ले जनतामा परिवर्तनको प्रत्याभूति दिलाउन असारे विकासको अन्त्य गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
उपमेयर शाहले सो प्रतिवद्धता मंगलवार आफ्नो पदवहालीको १ शय दिनका अवसरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै व्यक्त गरेका हुन् ।
उनले भने–‘यो छोटो समयमा जनअपेक्षा अनुरूपका काम गर्न नसकिएपनि थालनी गर्ने प्रत्यत्न गरिएको छ । यसैलाई निरन्तरता दिदैं वर्तमान नेतृत्वले जनतामा परिवर्तनको प्रत्याभूति अवश्य दिलाउने छ ।’
विकासका नाममा असारमा योजना सम्पन्न गर्ने परिपाटीको अन्त्य टीकापुर नगरपालिकाले गर्ने दृढता व्यक्त गर्दै उपमेयर शाह भने–‘अब बैशाख मसान्तभित्रै नगरपालिका अन्तरगतका विकास योजनाको अनिवार्य सम्पन्नता, अनुगमन र भुक्तानीको प्रबन्ध मिलाइएको छ । जसले काममा गुणस्तर र पारदर्शिता झल्काउने छ ।’



















Discussion about this post