शुभारम्भ अनलाइन टि.भी.

देव गुरुङ बने माओवादी केन्द्रका महासचिव, अरू पदाधिकारी को-को?

6
SHARES
43
VIEWS

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकले २० जना पदाधिकारी चयन गरेको छ।  काठमाडौंको पेरिशडाँडामा बसेको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले  २० जना पदाधिकारी प्रस्‍ताव गरेका थिए। सो प्रस्ताव पारित भएको एक नेताले जानकारी दिए ।

माओवादी केन्द्रको महासचिवमा देव गुरूङ चयन भएका छन् ।  वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ र उपाध्यक्षमा कृष्णबहादुर महरा चयन भएका छन् ।

यस्तै बैठकले उपमहासचिवमा गिरिराजमणि पोखरेल, वर्षमान पुन, हरिबोल गजुरेल, पम्फा भुसाल, जनार्दन शर्मा, मात्रिका यादव र शक्ति बस्नेतलाई चयन गरेको छ।  दिनानाथ शर्मा, चक्रपाणि खनाल, देवेन्द्र पौडेल, लिलामणि पोखरेल, गणेश साह, हितमान शाक्य, हितराज पाण्डे, डिलाराम शर्मा र राम कार्कीलाई सचिव चयन भएका छन्।  कोषाध्यक्षमा श्रीराम ढकाललाई चयन गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित