शुभारम्भ अनलाइन टि.भी.

पाइला आफ्नै धर्तीमा

4
SHARES
32
VIEWS

स्थानीय तहको निर्वाचनको माहोलले  सिङ्गै देश रंगिएको थियो, चुनावी बिदालाई सदुपयोग गर्दै हामी पनि पूर्वी नेपालको भूगोलको भट्भटे यात्रामा निस्किएका थियौँ वैसाख २४ गते शनिबार।

अन्य कार्य व्यस्तताले गर्दा बिहानै काठमाडौंबाट निस्कन पाइएन। दिउँसो करिब एक बजे काठमाडौंलाई एक हप्ताका लागि बिदाइका हात हल्लाउँदै यात्रा सुरू गरियो। जीवन एउटा अविराम यात्रा हो। यो यात्रामा विभिन्न किसिमका उतारचढावहरू आइरहन्छन्।

जीवनमा आइपर्ने अपेक्षित र अनपेक्षित घटनाहरूलाई स्वीकार गरेरै अघि बढ्नै पर्दछ भन्ने कुरालाई आत्मसात गरेरै हामी यात्रामा निस्किएका थियौँ। हामी काभ्रेको बनेपा, धुलीखेल र भकुन्डेबेँसी हुँदै अगाडि बढ्यौँ। त्यसपछि हामीलाई सिन्धुलीको खुर्कोटसम्म सुनकोशीले पछ्याई रह्यो।

हामीले नदीसँगै जीवनलाई हेर्न थाल्यौँ, नदी अविश्रान्त बगिरहेको छ, कहिले सङ्लिएर बगेको छ, कहिले धमिलिएर बगेको छ तर ऊ बग्न छोडेको छैन। पुग्ला, नपुग्ला सागर उसको लक्ष्य हो, मुहानमा ऊ रोकिँदैन। जीवनलाई पनि नदीसँग तुलना गर्यौँ। मान्छेको मन पनि त कहिले धमिलिन्छ, कहिले सङ्लिएर पानी परेपछिको चकमन्न र सफा आकाश जस्तै हुन्छ, तर यसपालि आकाश बोकेको सुनकोशी देख्न पाइएन। यिनै कुराहरू मनमा खेलाउँदै हामी खुर्कोटबाट उदयपुरको घुर्मीतर्फ मोडियौं, आजको हाम्रो लक्ष्य खोटाङको हलेसीसम्म थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित