शुभारम्भ अनलाइन टि.भी.

नेपाल रेडक्रस सोसाइटी कालिकोट जिल्ला शाखाको सभापतिमा बल प्रसाद संज्याल पुन: निर्वाचित

7
SHARES
51
VIEWS

कालिकोट ०१ भाद्र / नेपाल रेडक्रस सोसाइटी कालिकोट जिल्ला शाखाको सभापतिमा बल प्रसाद संज्याल पुन: निर्वाचित हुनु भएको छ ।

मंगलबार सम्पन्न जिल्ला शाखाको ३५ औँ अधिवेशनबाट उहाँ तेस्रोपटक पनि सर्वसहमतिमा निर्वाचित हुनु भएको हाे ।

यसैगरी शाखाको उपसभापतिद्वयमा धर्म बहादुर शाही, कृष्णकला पाण्डे, मन्त्रीमा तपेन्द्र महतारा, कोषाध्यक्षमा कुलमान शाही, उपमन्त्रीमा प्रजापति चाैंलागाई, उपकोषाध्यक्षमा दुर्ग बहादुर केसी निर्वाचित भएका छन्।

यसैगरी सदस्यमा अज बहादुर शाही, कालिबहादुर शाही, केशरसिंह बम, मानबहादुर राेकाया, दानबहादुर बम, कृष्ण पाण्डे, दुर्ग बहादुर शाही, सुभद्रा सिंह, गाैंरी शाही, रामसरा बाेगटी र प्रदिप बिष्ट चयन भएका छन्।

निर्वाचनमा जिल्ला शाखा अन्तर्गतका १० वटै उपशाखा बाट नवनिर्वाचित कार्यसमितिमा प्रतिनिधित्व गरेका छन्। ‘हामी रेडक्रसको आदर्श, सिद्धान्त र मूल्य-मान्यता अनुसार सामूहिक नेतृत्वमा नेपाल रेडक्रस साेसाइटी कालिकोटलाई लैजान चाहन्छौँ। नवनिर्वाचित कार्यसमितिमा जिल्लाका सबै उपशाखाको प्रतिनिधित्व भएको छ’, नवनिर्वाचित शाखा सभापति संज्यालले दिनुभको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित