शुभारम्भ अनलाइन टि.भी.

टीकापुरमा भाइरल ज्वरोका विरामीहरु बढदै ।

100
SHARES
671
VIEWS

टीकापुर ३१ साउन/ टीकापुर अस्पतालमा दैनिक ४ सय बढी विरामीहरुको नाम दर्ता गरीन्छ । त्यस मध्य ७० प्रतिशत विरामीहरु भाइरल ज्वरो तथा टाइफाइ ज्वरोका विरामी आउने टीकापुर अस्पतामा कार्यरत बालरोग विशेषज्ञ डाक्टर अमर नाथ ठाकुरले जानकारी दिनुभएको छ ।
डाक्टर ठाकुरका अनुसार भाइरल ज्वरोका विरामी बढ्नुको कारण मौसम परीबर्तन संगै,तातो चीसो खानेकुराको ब्यालेन्स मिलाउन नसक्नु दुषीत पानीको प्रयोग, लामखुटेको टोकाइ आदिका कारण भएको बताउनु भयो ।

यता निजी मेडीकल तथा क्लिनिकहरुमा समेत विरामीहरुको चाप बढेको बताउनु हुन्छ । आरोग्य मेडीकल एण्ड क्लिनिकका संचालक हेमन्त महत्व दैनिक एउटै क्लिनिकमा एक सय देखि एक सय पचास जना सम्म विरामीहरु आउने गरेको बताउनु भएको छ ।

स्वास्थ्य कर्मी महत्वका अनुसार यस रोगबाट बच्नका लागी सन्तुलीत आहार विहार शुद्ध पानी तथा लामखुटे बाट जोगीनु पर्ने र सरसफाइमा विशेष ध्यान दिनुपर्ने बताउनु हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित