शुभारम्भ अनलाइन टि.भी.

टीकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको अध्यक्षमा नरेशकुमार खत्री भारी मतान्तरले विजयी

15
SHARES
109
VIEWS

टीकापुर, २७ श्रावण
टीकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको अध्यक्षमा नरेशकुमार खत्री भारी मतान्तरले विजयी भएका छन । उनले प्रतिस्पर्धी प्रकाश बुढाथोकी भन्दा झण्डै चार गुणा बढी मत प्राप्त गरेका छन ।

निर्वाचन अधिकृत काँसिराम ढुड.गानाका अनुसार खत्रीले १ हजार २०५ मत प्राप्त गरेका छन भने बुढाथोकीले ३७२ मत प्राप्त गरेका छन । हिजो सम्पन्न निर्वाचनमा २ हजार २ सय ६८ मत खसेको थियो भने ६ सय ९१ मत बदर भएको छ ।

कार्य समितिको सचिवमा भने बुढाथोकी प्यानलका मनिष बलायर विजयी भएका छन । उनी प्रतिस्पर्धी चक्र तिमिल्सिना भन्दा २८ मत बढी ल्याएर विजयी भएको निर्वाचन अधिकृतले जानकारी लिएका छन । बलायरले ७२९ र तिमिल्सिनाले ७०१ मत पाएका छन ।

त्यस्तै कोषाध्यक्षमा खत्री प्यानलका विश्राम चौधरी ६०३ मत ल्याएर विजयी भएका छन । उनका निकटतम प्रतिस्पर्धी बुढाथोकी प्यानलका हिरासिँह बिष्टले ४७२ र स्वतन्त्र लडेका मोतिसिँह खत्रीले ३१४ मत पाएका छन ।

सदस्यहरुको मत गणना भैरहेको छ । कार्य समितिको उपाध्यक्षमा भने यसअघि नै सृजना शर्मा पण्डित निर्विरोध निर्वाचित भैसकेकी छन । उनी खत्री प्यानलका तर्फबाट उम्मेदवार रहेकी थिईन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित