काठमाण्डू –
कोरोनाभाइरस सङ्क्रमणदर बढ्न थालेपछि मङ्गलवारदेखि काठमाण्डू उपत्यकामा बूस्टर डोज खोप वितरण सुरु गरिएको छ।
सङ्क्रमणको जोखिम बढे पनि अहिलेसम्म दुई मात्रा खोप लगाएका मानिसमध्ये २३ प्रतिशत मानिसले मात्र अतिरिक्त मात्रा खोप लगाएकाले पुनः तेस्रो मात्रा दिन थालिएको अधिकारीहरूले बताएका छन्।
खोपको आवश्यक मात्रा अन्य जिल्ला स्वास्थ्य कार्यालयहरूलाई पनि उपलब्ध गराएका र खोप पुगेका ठाउँहरूमा अनुकूलता हेरेर वितरण गरिने स्वास्थ्य सेवा विभागको खोप शाखा प्रमुख सागर दाहालले बताए।
“सरकारले तेस्रो मात्रा खोप दिने अभियान चलाउँदा चलाउँदै पनि मानिसहरूले चासो नदिए जस्तो देखिन्छ। केही स्थानीय तहमा यसबारे सन्देश राम्रोसँग भएन कि जस्तो लागेको छ,” उनले भने।
तेस्रो मात्रा किन आवश्यक ?
अध्ययनले अतिरिक्त मात्रा खोपको प्रभावकारिता पुष्टि गरेको विज्ञहरू बताउँछन्।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको अध्ययनले कोभिडविरुद्ध खोपको अतिरिक्त मात्रा लगाएकाहरूलाई ९५ प्रतिशत सुरक्षा प्राप्त भएको देखाएको छ।
अध्ययनमा संलग्न डा. विष्णु मरासिनीका अनुसार पहिलो मात्रा लगाएकामध्ये ६८ प्रतिशत र पहिलो र दोस्रो दुवै मात्रा खोप पाएकाहरूमध्ये ८३ प्रतिशतमा दोहोर्याएर सङ्क्रमण भएको देखिएन।



















Discussion about this post