शुभारम्भ अनलाइन टि.भी.

स्वास्थ्य मन्त्रालयको एक अर्ब २२ करोड २८ लाख रुपैयाँ बेरुजू

5
SHARES
37
VIEWS

blog

टीकापुर ३२असार
संजोक संज्याल

 स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको यो वर्ष एक अर्ब २२ करोड रुपियाँभन्दा बढी रकम बेरुजू बाँकी  छ । महालेखापरीक्षकको उनन्साठीऔं वार्षिक प्रतिवेदन, २०७९ ले स्वास्थ्य मन्त्रालयको एक अर्ब २२ करोड २८ लाख १८ हजार रुपियाँ बेरुजू बाँकी रहेको देखाएको हो ।

जसमध्ये, ६० करोड ४२ लाख १९ हजार रुपियाँ म्याद नाघेको पेश्की रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ । सरकारी कार्यालयतर्फका निकायमा तीन अर्ब १४ करोड ५३ लाख ३९ हजार बेरजू देखिएकोमा प्रारम्भिक प्रतिवेदन उपलब्ध गराएपछि निकायले एक अर्ब ९२ करोड २५ लाख २१ हजार रुपियाँ फर्स्यौट गरेकाले एक अर्ब २२ करोड २८ लाख १८ हजार रुपियाँ बेरुजू बाँकी रहेको देखिएको छ ।

त्यसैगरी, साङ्गठनिक, अन्य संस्था र समिति २६ तर्फ दुई अर्ब नौ करोड ४७ लाख ५१ हजार रुपियाँ बेरुजू देखिएकोमा फस्र्यौट नगरेकाले बाँकी रहेको छ । सोमध्ये ३५ करोड ९० लाख ६३ हजार रुपियाँ म्याद नाघेको पेश्की रहेको छ ।

मन्त्रालय र मातहतका सरकारी तथा सङ्गठित संस्थासमेत ४६ निकायबाट सेवा प्रवाह भइरहेको प्रतिवेदनमा उल्लेख छ । मन्त्रालय र मातहतसमेतका १६ सरकारी कार्यालयको ३६ अर्ब ४६ करोड ३० लाख रुपियाँको लेखापरीक्षण सम्पन्न भएको छ ।

यो वर्ष निकायको विनियोजन र राजस्व गरेर एक करोड १६ लाख रुपियाँको लेखापरीक्षण  गर्न बाँकी छ । २६ वटा अन्य संस्था र समितिको ५५ अर्ब पाँच करोड ९२ लाखको लेखापरीक्षण सम्पन्न भएको छ । यो वर्ष पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको १४ करोड ७९ लाख ५१ हजार रुपियाँको बक्यौता लेखापरीक्षण गरिएको छ ।

यो वर्ष चिकित्साविज्ञान राष्ट्रिय प्रतिष्ठान, राष्ट्रिय ट्रमा सेन्टर र भक्तपुर क्यान्सर अस्पतालको लेखापरीक्षण हुन बाँकी देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित