शुभारम्भ अनलाइन टि.भी.

वैशाख ३० गते हुने निर्वाचन कालिकाेटमा शान्त र मर्यादित रूपमा सम्पन्न गर्न लागि परेका छाैँ : प्रमुख निर्वाचन अधिकृत श्रेष्ठ

3
SHARES
21
VIEWS

लिलाराज संज्याल कालिकोट – वैशाख ३० गते हुने स्थानिय तहकाे चुनावमा समाज प्रभावित पर्ने गरि प्रचारप्रसार भएकाे स्थानीय वासिहरूले गुनासो गरेका छन् ।

निर्वाचन आचारसंहिता विपरित प्रचारप्रसारमा हाेडवाजि तरिकाले प्रचारप्रसार भएको गुनासाे गरेका छन ।

निर्वाचन अधिकृतकाे कार्यालय कालिकोटले आयाेजना गरेकाे उम्मेदवारसंग निर्वाचन आचारसंहिता अन्तरक्रिया कार्यक्रममा उपस्थित सहभागीले यस्ताे बताएका छन्।

विशेष गरि खाँडाचक्र नगरपालिकाका मेयर तथा अन्य पदका उम्मेदवारहरूले आचारसंहिता उलंघन गरेर प्रचारप्रसार गरेकाे गुनासाे राखेका छन ।

उनिहरूले समाजकाे शान्त वातावरण मा असहज तथा ध्वनि प्रदुषण फैलायकाे, सार्वजनिक स्थानहरूमा प्रचापम्पलेट टाँसेकाे लगायत गुनासाे गरेका थिए ।

कार्यक्रममा मुख्य निर्वाचन अधिकृत न्यायाधीश लालकाजि श्रेष्ठले आउदाे वैशाख ३० गते हुने निर्वाचन शान्त र मर्यादित रूपमा सम्पन्न गर्न लागि परेकाे बताएका छन ।

उम्मेदवारहरूलाई पनि कम खर्च र मितव्यहि तवरमा चुनाव सम्पन्न गर्न अनुराेध गरेकाे बताए ।

आचारसंहिता उलंघन भएकाे हाे भने, हामिले नियन्त्रण गर्ने प्रतिवद्वता जायर गरेका थिए ।

यस्तै प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले निर्वाचन शान्त, मर्यादित तथा भयरहित रूपमा सफल्ता पुर्वक सम्पन्न गर्न आफु लागिपरेकाे बताए । उनले भने जिल्लामा निर्वाचन शुसम्पन्न पार्न सुरक्षा समेत पठाईएकाे प्रमुख जिल्ला अधिकारी शर्माले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित