८ पुस, काठमाडौं । राष्ट्रिय सम्मेलनमार्फत बहुपदीय प्रणालीमा जान लागेको नेकपा माओवादी केन्द्रमा सबभन्दा धेरै चासोका साथ हेरिएको पद हो महासचिव । अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्ड सर्वसम्मतजस्तै देखिँदा महासचिवमा भने थुप्रै नेताको दाबी छ । दावेदारमध्ये एक हुन् जनार्दन शर्मा प्रभाकर ।
आफू अहिले संगठन विभाग प्रमुख भएकाले पनि संगठनकै कार्यकारी काम गर्न पाए हुन्थ्यो भन्ने लागेको उनले सुनाए । ‘त्यही भए हुन्छ, नभए हुँदैन भन्ने पनि छैन,’ उनले भने, ‘तर मैले अहिले गरिरहेको कामले स्वतः त्यही भूमिका माग गर्छ । कार्यकर्ताले मेरो महत्व बुझे र, तँ होस् भनेछन् भने हुन्छु, भनेनन् भन्ने हुन्न ।



















Discussion about this post