शुभारम्भ अनलाइन टि.भी.

नेप्से दोहोरो अंकले बढ्दा बिमा समूहतर्फ मोडिए लगानीकर्ता अबकेहि हुन्छ की ?

4
SHARES
25
VIEWS

काठमाडौं : । नेप्से सूचकमा दोहोरो अंकले वृद्धि हुँदा खरिदबिक्री रकम औसतमा राम्रो रहेको छ । यस दिन नेप्से सूचक १२.५३ अंकले बढेर २५२०.२३ विन्दुमा आइपुगेको छ । ४ अर्ब ४९ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । बिमा समूहतर्फ लगानीकर्ताको आकर्षण देखिएको छ । निर्जीवन बिमा समूहमा अझै बढी तेजी आएको छ । जीवन बिमा समूहमा पनि राम्रो सुधार देखिएको छ ।

यसैगरी, उत्पादनमूलक समूह पनि वृद्धि देखिएको छ । शिखर इन्सुरेन्समा सकारात्मक सर्किट लागेको छ । १३ मध्ये १० उप समूह सकारात्मक बनेको छ । अर्थ मन्त्रालय र राष्ट्र बैंकले तरलता सहज बनाउने नीति लिएपछि त्यसको सकारात्मक प्रभाव सेयर बजारमा पर्न थालेको छ । यसअघि छोटो समयमा पेनिक भएको बजार विस्तारै अघि बढ्ने प्रयत्न गरिरहेको छ । यसअघि बजारमा भारीमात्रामा करेक्सन आएकाले अझै पनि निकै सस्तो मूल्यमा सेयर खरिद गर्न पाइने अवस्था छ ।

यसर्थ, सर्वसाधारण लगानीकर्ताले सबल वित्तीय सूचक भएका, लाभांश क्षमता मजबुत भएकै कम्पनीमा लगानी गर्न विज्ञहरुले पनि सुझाव दिने गरेका छन् । सबल कम्पनीको लगानीले बजारमा हुने जोखिमलाई न्यूनीकरण गर्न सजिलो हुन सक्छ । किन भने सबल र ग्रोथ स्टकमा उच्च लाभांश क्षमताका साथै भविष्यमा कम्पनीले थप मुनाफा आर्जन गर्न सक्ने सम्भावना रहन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित