शुभारम्भ अनलाइन टि.भी.

अहिलेको गठबन्धन राष्ट्रिय सभा चुनावसम्म हो, त्यसपछि के गर्ने छलफल भएको छैन : प्रधानमन्त्री देउवा

3
SHARES
21
VIEWS

सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा सञ्चारकर्मीसँगको कुराकानीमा उनले राष्ट्रिय सभाको चुनावपछि गठबन्धन रहनेरनरहने भन्ने विषयमा छलफल नभएको बताएका हुन् । उनले भने, ुअहिलेको गठबन्धन राष्ट्रिय सभाको चुनावसम्म मात्रै हो । त्योभन्दा पछिसम्म लाने वा नलने भनेर छलफल भएको छैन।
निर्वाचन आयोगले माघ १२ गते राष्ट्रिय सभा चुनाव गर्ने भएको छ । राष्ट्रिय सभामा २० सदस्यको पदावधि फागुन २० मा सकिँदैछ । २० सदस्यमध्ये १ जना राष्ट्रपतिबाट मनोनित हुन् भने १९ पदका लागि माघ १२ मा चुनाव हुनेछ ।

त्यस्तै देउवाले फेरि सभापतिमा चुनिए आफूले अझ राम्रो काम गर्ने बताएका छन् । पार्टीको विधानबमोजिम एक पटक सभापति बन्न चाहेको उनको भनाइ छ । प्रधानमन्त्री देउवाले आफू सभापति बन्ने यो मौका अन्तिम पटक भएको पनि बताए ।

भिडियो हेर्नुहोस:
https://youtu.be/67uXiXsG-jU

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित