शुभारम्भ अनलाइन टि.भी.

टीकापुर नगरपालिकाको दोस्रो त्रैमासिक आय ४१ प्रतिशत, खर्च न्यून

21
SHARES
149
VIEWS

टीकापुर, २८ पुस ।  टीकापुर नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ को दोस्रो त्रैमासिक अवधिसम्म विभिन्न स्रोतबाट ४१ प्रतिशत आम्दानी संकलन गरेको छ। नगरकार्यपालिकाको  १८औ नगरसभामा प्रस्तुत गरेको आय–व्यय विवरणअनुसार आम्दानी सन्तोषजनक देखिए पनि खर्चको अवस्था भने न्यून रहेको छ।
नगरपालिकाका अनुसार संघीय सरकार, प्रदेश सरकार, राजस्व बाँडफाँड, आन्तरिक स्रोत तथा बैंक मौज्दातसमेत गरी हालसम्म कुल अनुमानित आम्दानीको ४१ प्रतिशत रकम प्राप्त भएको हो।
संघीय सरकारबाट प्राप्त समानीकरण तथा सशर्त चालु अनुदानमा केही प्रगति देखिए पनि विशेष र समपूरक अनुदानतर्फ हालसम्म खर्च हुन सकेको छैन भने प्रदेश सरकारबाट प्राप्त अनुदानमध्ये समानीकरण अनुदानमा मात्र प्रगति देखिएको छ।
खर्चको अवस्था न्यून
दोस्रो त्रैमासिकसम्म नगरपालिकाको कुल खर्च करिब ३४ प्रतिशत मात्रै भएको छ।
चालुतर्फ करिब ३० प्रतिशत र पुँजीगततर्फ ४ प्रतिशतभन्दा कम खर्च भएको विवरणमा उल्लेख छ।
वडागत रूपमा हेर्दा अधिकांश वडाहरूमा पुँजीगत खर्च शून्यजस्तै अवस्थामा रहेको छ। चालु खर्च पनि सीमित मात्रामा भएको देखिन्छ। योजना तथा कार्यक्रमहरू कार्यान्वयनको चरणमै रहेकाले खर्चको अवस्था न्यून देखिएको नगरपालिकाले जनाएको छ।

शिक्षा, स्वास्थ्य, कृषि र पशु सेवा शाखातर्फ विनियोजित बजेटको तुलनामा खर्च कम देखिएको छ। शिक्षा शाखामा केही प्रगति भए पनि अन्य शाखाहरूमा खर्चको गति सुस्त रहेको छ।
नगरपालिकाले आगामी त्रैमासिकमा योजना तथा कार्यक्रमको कार्यान्वयन तीव्र बनाइने र खर्च दर बढ्ने अपेक्षा गरिएको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित