शुभारम्भ अनलाइन टि.भी.

लम्कीचुहाको गौरव: नगरप्रमुख शुशिला शाही ‘सि–लिड्स आइकन–२०८२’ सम्मानित

9
SHARES
63
VIEWS

लम्कीचुहा, २२ मंसिर । लम्कीचुहा नगरपालिका पुनः एकपटक राष्ट्रियस्तरमा आफ्नो पहिचान मजबुत बनाउन सफल भएको छ।

समावेशी विकास, प्रभावकारी नेतृत्व र जनमुखी प्रशासनलाई निरन्तरता दिँदै लम्कीचुहा नगरपालिकाकी नगरप्रमुख शुशिला शाही प्रतिष्ठित “सि–लिड्स आइकन–२०८२” को उपाधिले सम्मानित हुनुभएको हो।

राष्ट्रिय स्तरमा प्रदान गरिने यो सम्मान स्थानीय शासन सुधार, सुशासन प्रवर्द्धन, महिला नेतृत्व सशक्तीकरण तथा सार्वजनिक सेवाप्रवाहमा गरिएको उल्लेखनीय योगदानका आधारमा प्रदान गरिन्छ।

नगरप्रमुख शाहीले समन्वययुक्त नीति, पारदर्शिता, तथा विकासका योजनालाई प्रभावकारी ढंगले कार्यान्वयन गर्दै लम्कीचुहालाई प्रदेश–साथै राष्ट्रिय स्तरमै उदाहरणीय नगरका रूपमा स्थापित गर्दै आउनुभएको छ।

यस उपाधिले लम्कीचुहाको प्रतिष्ठा थप उँचो बनाएको नगरवासीहरूले बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित