कैलाली, 0७ मंसिर । टीकापुरमा बिगत ७ वर्षदेखि दन्त उपचार सेवा दिँदै आएको Everest Dental Clinic अब जानकी गाउँपालिका वडा नम्बर १, दुर्गौलीमा आफ्नो सेवा विस्तार गर्ने भएकाे छ। अत्याधुनिक, गुणस्तरीय र सहज दन्त स्वास्थ्य सेवा स्थानीयस्तरमै उपलब्ध गराउने उद्देश्यले क्लिनिकले २०८२ मङ्सिर ११ गते नयाँ शाखाको औपचारिक उद्घाटन गर्न लागेको हो।
उद्घाटनकाे अवसरलाई विशेष बनाउँदै उक्त दिन सम्पूर्ण दन्त चेकजाँच पूर्णरूपमा निशुल्क गरिने क्लिनिकले जानकारी दिएको छ। यसले दुर्गौली तथा आसपासका बासिन्दालाई दन्त स्वास्थ्य जाँच सहज र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
साथै, प्रभु बैंकका सम्पूर्ण ग्राहकहरूलाई उपचारमा १५% छुटको व्यवस्था यसअघिदेखि नै निरन्तर लागू रहँदै आएको र आगामी दिनहरूमा पनि यथावत् रहने क्लिनिकका डेन्टल अस्टेन साेनम कुमरी शाहीले जनकारी दीनुभयाे।
डेन्टल अस्टेन शाहीका अनुसार सेवा विस्तारसँगै जानकी गाउँपालिका क्षेत्रमा दन्त स्वास्थ्य उपचार झनै सरल, किफायती र विश्वासिलो बन्ने अपेक्षा रहेकाे छ।



















Discussion about this post