शुभारम्भ अनलाइन टि.भी.

टीकापुर साहित्य समाज को अध्यक्षमा पुन महेशविक्रम शाह

15
SHARES
110
VIEWS

टीकापुर, १८ मङ्सिर। टीकापुर साहित्य समाजको नयाँ कार्य समिति सर्वसम्मत रूपले चयन भएको छ। समाज स्थापना देखिनै साहित्यिक क्षेत्रको उन्नति, संरक्षण र प्रवर्द्धनमा सक्रिय रहँदै आएको संस्थाले नयाँ कार्यकाललाई थप सशक्त ढङ्गले अघि बढाउने प्रतिबद्धता जनाएको छ।

नवनिर्वाचित नेतृत्वमा महेशबिक्रम शाह अध्यक्षका रूपमा चयन भएका छन्। शाहको नेतृत्वमा साहित्यिक कार्यक्रम विस्तार, सिर्जनात्मक गतिविधि सुदृढीकरण तथा स्थानीय लेखक–स्रष्टालाई प्रोत्साहन दिने कार्यमा नवीन पहल हुनेछ भन्ने अपेक्षा गरिएको छ।

समाजको उपाध्यक्षमा डा. केशर बहादुर कुवँर, सचिवमा ईश्वर साँउद, सहसचिवमा चक्र चन्द सोडारीकोषाध्यक्षमा रजनी शाही चयन भएका छन्। पदाधिकारीहरूले साहित्यिक संगठनलाई पारदर्शी, सक्रिय र परिणाममुखी ढङ्गले सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

त्यस्तै सदस्यमा रंग अधिकारी, बिनिता चौधरी, तेजराज खनालअरुण लोहार चयन भएका छन्। नयाँ समिति बनेसँगै समाजले क्षेत्रीय लेखक परिचय, पुस्तक प्रकाशन सहयोग, साहित्यिक गोष्ठी, कार्यशाला र युवा प्रतिभा प्रोत्साहन जस्ता कार्यक्रमलाई नियमितता दिने योजना बनाएको बताइएको छ।

समाजले विगतका सबै सदस्य, समर्थक तथा साहित्यप्रेमी प्रती निरन्तर विश्वास र साथका लागि हार्दिक आभार व्यक्त गर्दै आगामी कार्यकाललाई ‘सहयोग, सिर्जनशीलता र समृद्ध साहित्यिक वातावरण’ निर्माणका रूपमा अघि लैजाने जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित