शुभारम्भ अनलाइन टि.भी.

गौशाला र फोहोर व्यवस्थापन व्यवस्थित नहुँदा स्थानीय बासी मारमा

7
SHARES
51
VIEWS
Oplus_16908288

टीकापुर,०३ कार्तिक। कैलालीको टिकापुर नगरपालिका वडा नम्बर २ र ५ को सिमाना क्षेत्र पछिल्ला केही दिनयता फोहोर व्यवस्थापन र गौशाला संचालनको अव्यवस्थित कार्यशैलीका कारण समस्यापूर्ण बन्दै गएको छ। बस्ती नजिकै डम्पिङ साइट राखिएको र गौशालाबाट निस्कने गाईले खेतबारी नष्ट गर्ने घटना बढेपछि स्थानीयवासी आक्रोशित बनेका हुन्।

स्थानीय मेघराज जोशीका अनुसार नगरपालिकाले प्रभावित समुदायसँग कुनै छलफल, जानकारी वा समन्वय नगरी फोहोर बस्तीमै थुपार्न थालेपछि जनजीवन असहज बन्दै गएको छ।
जोशीका भनाइमा, “फोहोरले वातावरण दुर्गन्धित बनाएको छ। बालबालिका र वृद्धवृद्धाको स्वास्थ्यमा समेत असर पर्न थालेको छ। नगरपालिकाले कुनै सुनुवाइ गरेको छैन।”

यस क्षेत्रका किसानहरूले गाई खेतबारीमा पस्दा उब्जनी नै नष्ट हुने अवस्था आएको भन्दै दुःख व्यक्त गरेका छन्। गौशाला व्यवस्थापन कमजोर हुँदा बेलाबेला गाई गाउँभित्र छिर्ने र क्षति पुर्‍याउने समस्या दोहोरिइरहेको उनीहरूको भनाइ छ।

यस्तै, स्थानीयवासीहरूले आज पहिलो चरणको दबाब कार्यक्रम सञ्चालन गरेका छन्। टोल विकास समितिका प्रतिनिधि, किसान तथा बासिन्दाहरू सामूहिक रूपमा भेला भएर नगरपालिकाको अव्यवस्थित कार्यशैलीप्रति आपत्ति जनाएका हुन्।
स्थानीयले भोलि नगरपालिकामै पुगेर औपचारिक ध्यानाकर्षण पत्र बुझाउने र वैकल्पिक, सुरक्षित तथा व्यवस्थित फोहोर व्यवस्थापन व्यवस्था मिलाउन माग गर्ने तयारी गरेका छन्।

उनका प्रमुख मागहरू यसप्रकार छन्—

बस्ती क्षेत्रबाट टाढा उपयुक्त जग्गामा डम्पिङ साइट तोक्ने

गौशालाबाट गाई अनियन्त्रित रूपमा बाहिर ननिस्कने व्यवस्था मिलाउने

प्रभावित बस्तीका नागरिकसँग नियमित समन्वय गर्ने

वातावरणमैत्री र दीगो फोहोर व्यवस्थापन प्रणाली लागू गर्ने

स्थानीयवासीले जनस्वास्थ्य, वातावरणीय सुरक्षा र कृषि उत्पादन गम्भीर रूपमा प्रभावित भइरहेको भन्दै नगरपालिकाले तत्काल ध्यान दिनुपर्ने आग्रह गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित