कैलाली। विद्यालयमा भइरहेको अनियमितता र राजनीतिक हस्तक्षेपको विरोध गर्दै Gen-Z युवाहरूले जानकी गाउँपालिका (दुर्गौली) मा सोमबार ज्ञापनपत्र बुझाएका छन्।
युवाहरूको समूहले शिक्षा क्षेत्र विद्यार्थीको भविष्यसँग प्रत्यक्ष सम्बन्धित भएकाले विद्यालयमा हुने निर्णय तथा व्यवस्थापन राजनीतिक आधारमा नभई शैक्षिक आधारमा हुनुपर्ने माग राखेका छन्।
समूहले बुझाएको ज्ञापनपत्रमा शिक्षक सरुवा तथा नियुक्तिमा पारदर्शिता, विद्यालय व्यवस्थापन समिति गठनमा निष्पक्षता, शैक्षिक वातावरण सुधार, राजनीतिक प्रभाव रहित शैक्षिक निर्णय प्रक्रिया लगायत मुद्दा समावेश गरिएको छ।
Gen-Z समूहका प्रतिनिधिहरूले भने, “विद्यालय शिक्षालाई राजनीतिक दवावबाट चलाउने प्रवृत्ति बढ्दै गएको छ। यसको असर विद्यार्थीको सिकाइ उपलब्धिमा स्पष्ट रूपमा देखिन थालेको छ। अब स्थानीय सरकारले जिम्मेवारीपूर्वक कदम चाल्नुपर्छ।”
गाउँपालिकाका पदाधिकारीहरूले बुझाइएको मुद्दालाई ध्यानपूर्वक अध्ययन गरिने र आवश्यकतानुसार सोधपुछ तथा सुधार प्रक्रिया अघि बढाइने प्रतिक्रिया दिएका छन्।




















Discussion about this post