टीकापुर । नेपाल प्रिमियर लिग (एनपीएल) को ट्रफी टूर कार्यक्रममा ट्रफी प्रदसन गदै धुमधामका साथ ट्रफी यात्रा सुरु भएकाे छ। टीकापुर पार्कमा, स्थानीय झाँक्री, सांस्कृतिक समूह र विभिन्न समुदायका प्रतिनिधिहरूले भब्यरुपम स्वागत गर्दै कार्यक्रमको सुरुआत गरिएको थियो।
सो अवसरमा खेलप्रेमी तथा खेलाडीहरूले टीकापुरलाई भविष्यमा खेलकुदको मुख्य केन्द्र बनाउन कुनै असहज नरहेको बताएका छन्। उनीहरूले टीकापुर जस्तो प्रशस्त जग्गा जग्गा भएको क्षेत्रमा खेल मैदान तथा स्टेडियम निर्माणका लागि जमिनको अभाव नहुने स्पष्ट संकेत गरेका छन्।
यस्तै, यदि टीकापुर नगरपालिकाले जमिनको व्यवस्था गर्ने हो भने, एनपीएलमा सहभागी सुदूरपश्चिम रोयल्स क्लबले पनि स्टेडियम निर्माणमा आर्थिक सहयोग प्रदान गर्ने सुदूरपश्चिम रोयल्सका अध्यक्ष स्वतन्त्र प्रताप शाहले प्रतिबद्धता व्यक्त गर्नुभयाे ।
आयोजक पक्षका अनुसार ट्रफी टूरले स्थानीय स्तरमा खेलकुदप्रतिको उत्साह, ऊर्जा र सहभागिता वृद्धि गराउने विश्वास लिइएको छ।
आज टीकापुरबाट सुरु भएको ट्रफी टुर सुदूरपश्चिमका विभिन्न क्षेत्रमा घुमाएर प्रदर्शन गराइनेछ।



















Discussion about this post