शुभारम्भ अनलाइन टि.भी.

टीकापुर नगरपालिकामा सुमन धिताल प्रमुख प्रशासकीय अधिकृत

95
SHARES
677
VIEWS

टीकापुर, १७ कात्तिक । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको २०८२ साल कात्तिक १७ गतेको निर्णयअनुसार टीकापुर नगरपालिकामा सुमन धिताल प्रमुख प्रशासकीय अधिकृतका रूपमा पदस्थापना हुनु भएको छ।

धिताल यसअघि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा उपसचिव पदमा कार्यरत हुनुहुन्थ्यो। उहाँले यसअघि पनि इलाका प्रशासन कार्यालय टिकापुरका प्रमुखको रूपमा काम गरी स्थानीय प्रशासनिक अनुभव हासिल गर्नुभएको थियो। धिताल टिकापुर स्थायी बासिन्दा पनि हुनुहुन्छ ।

यसै निर्णयअनुसार टीकापुर नगरपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत रविन्द्र प्रसाद चौधरीलाई मन्त्रालय फिर्ता बोलाइएको छ।

धितालको पुनः टिकापुर आगमनसँगै नगरको प्रशासनिक कामकाजमा थप प्रभावकारिता र सुशासन आउने अपेक्षा नगरवासीहरूले गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित