शुभारम्भ अनलाइन टि.भी.

बाल सुधार केन्द्रबाट फरार भनिएकी बालिकाबारे टीकापुरमा जाँचबुझ,

81
SHARES
575
VIEWS

काठमाडौँस्थित बाल सुधार केन्द्रबाट फरार भएको भनिएकी बालिका बिष्टबारे टीकापुरमा प्रहरीले जाँचबुझ थालेको छ।

टीकापुर इलाका प्रहरी कार्यालयका अनुसार बालिकालाई नियन्त्रणमा लिएर कानुनी प्रकृया पूरा गर्ने तयारी भइरहेको छ। प्रहरीले प्रारम्भिक रूपमा उनलाई सानोठिमीस्थित बाल सुधार केन्द्रमै पठाउने तयारी गरेको जानकारी दिएको छ।

यस विषयमा बालिकाकी आमाले भने फरार भन्ने अभिव्यक्ति असत्य भएको दाबी गर्दै आफ्नी छोरीलाई परिवारकै जिम्मा लगाएको बताउनुभएको छ। उहाँका अनुसार छोरी स्वेच्छिक रूपमा पुनः बालगृह फर्किनका लागि आफैं तयार भएकी थिइन्।

प्रहरीले उक्त दाबीका सन्दर्भमा आवश्यक जाँचबुझ जारी राखेको जनाएको छ।

यस प्रकरणमा सत्य तथ्य पुष्टि गर्न सम्बन्धित निकायहरूबीच समन्वय गरी अघि बढ्ने टीकापुर इलाका प्रहरी कार्यालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित