१४ वैशाख, काठमाडौं ।
स्थानीय तह निर्वाचनमा १०० भन्दा बढी पालिकामा प्रमुख पदमा उम्मेदवारी दिने दलको संख्या ९ मात्र रहेको छ । अरु दलले १०० भन्दा कम स्थानीय तहको प्रमुख पदमा उम्मेदवारी दिएका छन् ।
निर्वाचन आयोगको विवरण अनुसार नेकपा एमालेले ७३६ स्थानीय तहको प्रमुखमा उम्मेदवारी दिएको छ भने नेपाली कांग्रेसले ६४६ स्थानीय तहको प्रमुखमा उम्मेदवारी दिएको छ । यस अनुसार कांग्रेसले भन्दा एमालेले ९० वटा बढी पालिकामा प्रमुख पदको उम्मेदवार उठाएको छ । एमालेले १७ पालिका प्रमुखमा मात्र उम्मेदवारी दिएको छैन भने कांग्रेसले १०७ पालिका प्रमुखमा उम्मेदवारी दिएको छैन ।

नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चासँग गठबन्धन गरेको छ ।
निर्वाचन आयोगका अनुसार १०० भन्दा बढी पालिकामा प्रमुख पदमा उम्मेदवारी दिने दलमा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, मंगोल नेशनल अर्गनाइजेसन र जनमत पार्टी रहेका छन् ।



















Discussion about this post