शुभारम्भ अनलाइन टि.भी.

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १६ वर्षपछि बझाङमा पक्राउ

3
SHARES
20
VIEWS

बझाङ प्रहरीले कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादीलाई १६ वर्षपछि पक्राउ गरेको छ । २०६२ सालमा घरेलु हतियारकाे प्रयाेग गरेर एक पुरूषकाे हत्यामा संलग्न रहेका तत्कालीन सुवेडा गाविस-८ का ३९ वर्षीय प्रकाश रानालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) ज्ञानबहादुर विष्टले धनगढी उपमहानगरपालिका-८ काे माेतिचाेकमा लुकेर बसेको सूचनाका आधार कैलाली प्रहरीकाे समन्वयमा पक्राउ गरिएको जानकारी दिए । रानालाई बझाङ पुर्याएर जिल्ला कारागार चलान गरिएकाे विष्टले बताए ।

उनकाअनुसार सुवेडाकै स्थानीय मिनबहादुर भण्डारीकाे सामूहिक हत्यामा संलग्न रानासहितका पाँच जनालाई जिल्ला अदालतले २०६६ सालमा २० वर्ष कैद सजाय सुनाएको थियाे । तर अन्य चार जना प्रतिवादी अझै फरार छन् । उनीहरूकाे खाेजी कार्य जारी राखिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित